images

२ वर्षदेखि साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्रीले पहल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत २ वर्षदेखि साउदीको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता गरेका छन् ।

मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री प्रधानमन्त्री दाहालसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराए ।

धनकुटाको चौबिसे गाउँपालिका–४ का कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदीको जेलमा रहेका छन् ।