images
images

नेपालमा चिकित्सकको संख्या ३२ हजार बढी

काठमाडौं । नेपालमा चिकित्सकको संख्या ३२ हजार बढी पुगेको नेपाल मेडिकल काउन्सिलले तथ्यांक सार्वजनिक गरेको छ।

काउन्सिलमा दर्ता हुने चिकित्सकको संख्या ३२ हजार ३१८ पुगेको रजिस्ट्रार डा.कृष्णप्रसाद अधिकारीले बताए। उनका अनुसार नेपालमा विशेषज्ञ चिकित्सकको संख्याले १० हजार पार गरेको छ।

विशेषज्ञता हासिल गर्ने चिकित्सकको संख्या १० हजार ८० पुगेको हो। यीसमध्ये १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन्।

काउन्सिलका अनुसार ९९४ जनाले स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन् भने जनरल सर्जरीमा ९४७, अर्थोपेडिक्समा ८०५, पेडियाट्रिकमा ७८१ जनाले विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS