images

सांसद मण्डारीको भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइदै

काठमाडौं । भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई अस्पतालले भेन्टिलेटर हटाएर ‘नर्मल मास्क’ बाट अक्सिजन दिएको छ ।

भण्डारीको अन्य स्वास्थ्य पारामिटर सामान्य रहेको र सुन्निएको अनुहार घटेको पनि मुम्बईमा रहनुभएका माधव न्यौपानेले जानकारि दिए ।