images

पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताएका छन् ।
राष्ट्रपति पदको उम्मेदवारमा नेकपा एमालेले नेपाललाई उम्मेदवार बनाउने विषयको चर्चाबारे भने उनि बोलेनन् ।

लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ–देउखुरी पुगेका नेता नेपालले पत्रकार भेटघाटमा राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै ठोस धारण बानाई नसकेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले मिडियामा आएका सबै कुरा सत्य हुन्छन भन्ने नभएको बताए ।

प्रतिनिधि सभा निर्वाचन अगाडि आफ्नो पार्टीलाई राष्ट्रपति उम्मेदवार दिन कांग्रेस र माओवादी सहमत भएको भन्दै सोही अनुरुप जाने नेता नेपालले जानकारी दिए ।