images

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा.रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मामिला सल्लाहकारमा डा.रुपक सापकोटा नियुक्त भएका छन् ।

चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

सापकोटाले आफूलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेकोे जानकारी दिए ।

मंगलबार सार्वजनिक विदा परेकाले सम्भवतः सापकोटाले बुधबार कार्यभार सम्हाल्नेछन् । सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक थिए । सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन् ।