images

लोसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनको विषयमा छलफल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन्।

लोसपाले राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न बुधबार पार्टी बैठक बोलाएको अघिल्लो दिन ठाकुर प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

भेटमा राष्ट्रपति निर्वाचनको विषयमा ठाकुर र प्रधानमन्त्रीबीच छलफल भएको छ।

लोसपाले पार्टी अध्यक्ष ठाकुरलाई सर्वसम्मत राष्ट्रपति उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको र त्यसकै लागि आज प्रधानमन्त्रीसँग छलफल गरेको बुझिएको छ ।