images

लामिछानेलाई यूएई टुरमा समावेश गर्न क्यानले पहल थाल्यो

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान राष्ट्रिय खेलकुद परिषद् राखेपमा पत्र पठाएको छ ।

क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन आग्रह गर्दै पत्र पठाएको बताए ।

दासले यूएईमा हुने श्रृंखलामा सन्दीपको उपस्थिति नेपालका लागि अति आवश्यक भएकाले क्यानले गृहकार्य गरिरहेको बताए ।

क्यानका महाप्रबन्धक वृतान्त खनालले हस्ताक्षर गरेको पत्र हालै राष्ट्रिय खेलकुद परिषदमा पठाइएको छ । उक्त पत्रमा सन्दीपलाई राष्ट्रिय टीमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न राखेपलाई अनुरोध गरिएको छ ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।