images

बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद सुमना श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकिछन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले बाल मन्दिरको २८ रोपनी जग्गाको छानवीन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताएहुन् ।

उनले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चल/अचल सम्पत्ति दूरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न सो जाँचबुझ आयोगले सुझाव दिएको जानकारी पाएको बताए । सो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाई गर्न नहुने बताइन् । सांसद श्रेष्ठले अनाथ बालबालिकाका लागि भनेर दिइएको सम्पत्ति समेत अतिक्रमण गरिएको भन्दै आक्रोश समेत व्यक्त गरिन ।

सांसद श्रेष्ठले नेपाल ललितकला प्रतिष्ठानको २९ रोपनी जग्गा समेत दूरुपयोग गर्ने काम भईरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराइन ।