images

राष्ट्रपतिबारे हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौ : गगन थापा

काठमाडौं । राष्ट्रपति निर्वाचनको विषयमा निर्णय दिन बसेको चार दलको बैठक सकिएको छ । राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको र अब आ–आफ्नो पार्टीमा छलफल गरेर साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँने महामन्त्री थापाले जानकारी दिए । थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो ।