
काठमाडौँ । बालुवाटारमा बसेको चार दलको बैठकले उपराष्ट्रपति जनता समाजवादी पार्टी नेपाललाई दिने सहमति गरेको छ ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको जानकारी दिए । उनले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, सुरुदेखि नै नेताहरु यसमा सहमत हुँदै आएको छ । आज पाँच बजेसम्म सबै विषयमा टुंगो लाग्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि जसपाले उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्दै आइरहेको थियो ।