
काठमाडौं । सरकारले करारका कर्मचारी हटाउने भएको छ।
अर्थ मन्त्रालयले सबै निकायमा कांग्रेस, एमाले र माआवादीका नाममा राजनीतिक आस्थाका आधारमा जागिर खाइरहेका करारका कर्मचारी हटाउनका लागी सबै मन्त्रालय, निकाय, विभागलाई आफू मातहतका निकायमा रहेको कर्मचारीको विवरण पठाउन पत्राचार गरेको गरिसकेको छ ।
सरकारले चालू आर्थिक वर्षको राजस्वले चालू खर्च मात्रै धान्न थालेपछि राजनीतिक जोडबल र भनसुनका आधारमा करार, अस्थायीमा नियुक्त विभिन्न पार्टीका कार्यकर्ता कर्मचारीलाई हटाउने तयारी गरेको हो।