
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन् ।
अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे । उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताए ।
प्रतिनिधि सभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।