
काठमाडौं । सरकारले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ सम्बन्धी विधेयक संघय संसदसमक्ष पेस गर्ने भएको छ ।
फागुन ११ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ । त्यस्तै विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने पनि निर्णय भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० का लागि गहुँको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ ।
यस्तै, संघीय संसद सचिवालयमा दर्ता भइ हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक, २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।