images

गणपूरक संख्या नपुगेर प्रतिनिधिसभाको बाह्रौं बैठक स्थगित

काठमाडौं। गणपूरक संख्या नपुगेर शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

अघिल्लो कार्यकालमा प्रतिनिधिसभा र प्रतिनिधिसभाको विषयगत समिति ९संसदीय समिति०मा गणपूरक संख्या नपुग्ने समस्या ठूलो समस्याको रुपमा देखा परेको थियो । त्यस्तो समस्यालाई दोहोरिन दिन नहुने बाचा गर्दै सुरु भएको चुनाव पछिको बाह्रौं बैठक नै गणपूरक संख्या नपुगेर संसदको बिजनेश अगाडि बढ्न सकेन ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित आएको अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

३ मिनेट घण्टी बजाएर यकिन गर्दा प्रतिनिधिसभामा जम्मा ५० जना मात्रै सांसद उपस्थित भएका थिए । विधेयकलाई निर्णयार्थ प्रस्तुत हुन २७५ को एक चौथाई सांसद (६९ सांसद) आवश्यक पर्छ ।

एक चौथाई सांसद उपस्थित नरहेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरे । अर्को बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।