काठमाडौं । नेकपा एमालेले बाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै, नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवार तय भइसकेका छन्।


स्पेस समाचार







