
काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेले पुस १० गते एमाले र माओवादीबीच भएको सहमति अनुसार नै अघि बढ्ने निर्णय पनि गरेको छ।
राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।