
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै माओवादीले राष्ट्रपतिमा नेकपा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।
शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी केन्द्रिय सचिवालयको बैठक बसेको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो उमेदवारलाई सहायोगर्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री दाहालले दबाबमा परेर ८ दलिय सहमति गरेको बताए ।