images

राष्ट्रपतिमा आफ्नो नाममा राष्ट्रिय सहमति हुने नेम्वाङको दाबी

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् ।

शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले यस्तो दाबी गरेका हुन् । उनले आफू सबै हिसावले संविधानको परिपालना गर्न लाग्ने दाबी समेत गरे ।

उपाध्यक्ष नेम्वाङको प्रश्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज बिष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्  ।