images

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलाई राजीनामा दिन दबाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई राजीनामा गराउन खोजेको बताएका छन् ।

शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।

उनले लेखेका छन् – मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ 

बालेनले कस्ले राजीनामा दिन लाउँदै छ भन्ने विषयमा थप खुलाएका छैनन् ।