काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ।
आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाएका सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै शनिबार एकीकृत समावादीलाई पत्र पठाएको हो
एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारलाई मतदान गर्न पत्र पठाएको हो ।
उनले राष्ट्रपतिको निर्वाचनमा मतदाताका रुपमा रहेका एकीकृत समाजवादीका प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यहरुलाई एमालेको उम्मेदवारलाई मतदान गरी सघाउन अनुरोध गरेका छन्।


स्पेस समाचार







