images

अब प्रदेश सरकार झनै बलियो हुन्छ : उपेन्द्र यादव

काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आउँदा दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् ।

शनिवार जनकपुर गएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका छन् । उनले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने बताए । उनले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गरे ।

अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गरे ।