
काठमाडौं । आइतबार मध्यान्न काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।