images

परराष्ट्रमन्त्री पौड्याल आज जेनेभा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्नु हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आईतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्यालले त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको जानकारी गराएको हो ।

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले बताइन् ।

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनु हुने कार्यक्रम रहेको छ ।