images

सहकारी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

आईतवार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको उल्लेख गरे ।

त्यस्तै, मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले वचतकर्ताको वचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको स्पष्ट पारे ।

सचिव रेग्मीले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानूनको दायरामा ल्याउनु आवश्यक रहेको बताए ।