images

एजेण्डा मिल्नेसँग अघि बढ्न तयार छौं, आलोपालो प्रधानमन्त्री बन्ने कुरा सत्य होइन : अध्यक्ष नेपाल नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको भन्दै ति समस्या समाधान गर्नका लागिपर्नु पर्ने जिकिर गरे । नेपालले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताए ।

अध्यक्ष नेपालले आफुले आलोपालोमा प्रधानमन्त्री पाउने भन्ने कुरा सत्य नभएको स्पस्ट पारे । आफुहरुका बिचमा भएको सहमतीका बारेमा कुरा खोल्ने बेला नआएको नेपालको भनाई छ ।

आफुहरु एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको बताए ।