
काठमाडौं । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।
आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।
रङ्गको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो २२ गते सोमवार पहाडी जिल्लामा र २३ गते मङ्गलवार तराईका जिल्लामा होली मनाइँदै छ