images

राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध उजुरी परेन

काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

दुवैले फागुन १३ गते शनिबार उम्मेदवारी दर्ता गराएको तर कुनै पनि उजुरी भने परेको छैन ।

राष्ट्रपति उम्मेदवारविरुद्ध दाबी विरोध वा उजुरी दिने म्याद आइतबारसम्म राखिएको थियो । त्यसमा जाँचबुझ गरी निर्यण आजका लागि तोकिएको छ । तर कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, फागुन १६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।