
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । रहमानको गत शनिबार हृदयघातका कारण निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।