images

सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागे पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा रास्वपाले अहिले सम्म कुनै निर्णय लिईसकेको छैन् ।