images

सातै प्रदेशका सांसदहरुको भेला गर्दै आठ दलीय गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ ।

सातै प्रदेशका राजधानीमा आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको नेपाल जनमत पार्टीका नेता अब्दुल खाँनले जानकारी दिए ।

आठ दलीय गठबन्धनको कार्यदलले आज बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ । गठबन्धन बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने खाँनले बताए ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक आज बसेको थियो ।