
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताउका छन् ।
नेपालको आदिवासी जनजाति अन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुनको तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
वर्तमान सरकार बदलिएको व्यवस्था अनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित भएको जारी सन्देशमा भनिएको छ ।
सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न समेत प्रधानमन्त्रीले अपिल गरेका छन् ।