images

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारको चुनावी खर्चको सीमा तोकेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनको दफा ६२ अनुसार निर्वाचन आयोगले खर्चको सीमा तोकेको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने भएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।

तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ ।

कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०र२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।