
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् ।
फागुन ११ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा डा.शर्मालाई नियुक्त गरेको हो ।
सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको डा.शर्माले बताए ।
डा.शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् ।