images

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनअन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

आज सुरुमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ। नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छ।

उम्मेदवारहरुले नाम फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने छ।