images

अब सबै सरकारी निकायहरुको सूचना एउटै प्रणाली मार्फत

काठमाडौं । सरकारी निकायहरुको वेभसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेभसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ ।

मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकीकृत वेभसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरिन् ।

मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको हो । यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेवसाइटहरु सञ्चालनमा आउने भएको छ ।

सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरु हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने मन्त्री शर्माले बताइन् ।

सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत यो प्रणलीको व्यवस्थापन गरिने छ ।

सबै सरकारी निकायहरुको निगरानी गरी ह्याक हुनसक्ने जोखिम कम गर्न र सो को तत्काल जानकारी गराउन वेव मोनिटरिङ प्रणाली समेत सञ्चालनमा ल्याइएको मन्त्री शर्माले जानकारी दिइन ।