images

१६ मन्त्रालय एक्लै हाँक्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक्लैलाई अहिले १६ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राखेका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्ड एक्लैले सम्हाली रहेका छन् ।

एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राप्रपाले छाडेका ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पनि प्रचण्डकै जिम्मामा छन् ।

प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैँसँग राखेका थियो । ती मन्त्रालयसहित अहिले प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालय भएका छन् ।