images

नेपाली सेनाको डिजिटल अभिलेख टर्की पुग्ने गरेको नेतृ राणाको दाबी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन् ।

मंगलवार ललितपुरमा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै राणाले यस्तो बताएकी हुन् । उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताइन ।

नेतृ राणाले नेपाली सेनाको डेटाहरु आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन । हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको जिकीर गरिन् ।