images

राष्ट्रपतिको चुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताएकी छन् ।

मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनीक गर्दै  प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने जानकारी दिइन् ।

नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनले बताइन् ।

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको चुनावपछि मात्रै लिने प्रवक्ता शर्माले जानकारी गराइन्।

राष्ट्रपतिको चुनावका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन । प्रवक्ता शर्माले निर्धारित समयभित्रै विश्वासको मत लिइने जिकिर गरिन् ।