images

खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले च्यासल रङ्गशालाको शिलापत्र अनावरण गर्दै उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री दाहालले रङ्गशालाको मैदानमै गई फुटबल खुट्टाले हिर्काएर खेलको सुरुवात गरेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउनका लगि समेत उपयुक्त हुने गरी रङ्गशालाको निर्माण गरिएको छ । प्रधानमन्त्री दाहालले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन समेत दिएका छन् ।

२०७४ सालमा राष्ट्रिय खेलकुद परिषद्ले निर्माण आरम्भ गरेको रङ्गशाला करिव २८ करोड लागतमा निर्माण सम्पन्न भएको हो । च्यासल रङ्गशाला दशरथ रङ्गशालाको विकल्पका रुपमा प्रयोग गरिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार तथा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीबीच खेल पनि भएको थियो । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।