images

राजसंस्था पुनर्स्थापनाका लागी आन्दोलन गर्दै दुर्गा प्रसाईँ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना  गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रसाईँले यही फागुन २० गतेबाट राजसंस्था पुनर्स्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् । त्यसक्रममा उनले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा १ लाख ५० हजार पु¥याउनुपर्नेलगायतका १५ बूँदे माग प्रस्तुत गर्ने समेत बताए ।

व्यवसायी प्रसाईले आफूहरुको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।