images

राष्ट्रपति निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू, कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ।

आजदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति फागुन २५ र उपराष्ट्रपति चयनका लागि चैत ३ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ उम्मेदवार रहेका छन्। आयोगका अनुसार दुवै जनाको उम्मेदवारी कायमै रहेको छ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न समेत सबैलाई आग्रह गरेको छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जनाले मतदान गर्नेछन्।

कसलाई लाग्छ आचारसंहितार ? 

१० नेपाल सरकार र नेपाल सरकारका मन्त्री
२० प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री
३० संघ, प्रदेश र स्थानीय तहका कर्मचारी
४० सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी
५० सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी
६० राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन
७० उम्मेदवार तथा उमेदवारको प्रतिनिधि
८० राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि
९० सार्वजनिक पद धारण गरेको व्यक्ति
१०० सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
११० मतदाता