images

प्रमुख प्रतिपक्षी काँग्रेस कि एमाले भन्ने टुङ्गो नलाग्दा प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेका कारण आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको अडान छ । अर्कोतिर नेपाली कांग्रेसले आफूहरू सरकारमै नगएकाले प्रमुख प्रतिपक्षको दाबी गरेको छ ।

कांग्रेस र एमाले दुवै दलले प्रमुख प्रतिपक्ष दाबी गर्दा बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरी चैत ५ गतेलका लागि बोलाइएको छ ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षीको मान्यता पाउने नपाउने विवादका बीच संसद सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको थियो ।