images

दिउँसो ३ बजेदेखि विराटनगरमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि विराटनगरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

दलहरू भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले प्रदेशसभा भवनअगाडि ९विराटनगरस्थित देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म० जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरवर निषेधित क्षेत्र घोषणा गरेको हो ।