
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेको छ ।
संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
महाअभियनले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ ।