images

ए डिभिजन लिगः चर्च ब्वाइजद्वारा नेपाल पुलिस २-१ पराजित

काठमाडौं । ए डिभिजन लिग अन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली नेपाल पुलि क्लबलाई चर्च ब्याइज युनाइटेडले २-१ गोलले पराजित गरेको छ ।

एन्फाको च्यासल फुटबल मैदानमा भएको खेलमा चर्च ब्याइजका लागि आशि चौधरीले पहिलो हाफको थप गरिएको तीन मिनेट समयमा नै गोल गरेका थिए । त्यसैगरी चर्च ब्याइज युनाइटेडका लागि फ्यान्कलिन तालाले दोसैो हाफमा अर्को गोल गरेर टोलीलाई विजयी बनाउन योगदान गरे । चर्च ब्याइजका विदेशी खेलाडी तालाले पेनाल्टी मार्फत गोल गरेका हुन । नेपाल पुलिसका हेमन्त श्रेष्ठको ह्यान्डबल भएपछि चर्च ब्याइजले पेनाल्टी पाएको थियो ।

खेलमा नेपाल पुलिसले सुःखद सुरुवात गरेको थियो । नेपाल पुलिसका लागि १६ औं मिनेटमा रभी कुमार पासवानले गोल गरेका थिए । तर, पुनरागमन गर्न नसकेपछि २-१ गोलले नेपाल पुलिस पराजित भयो ।