
काठमाडौं । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ दियालेमा आइतबार बिहान यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु गएकोछ।
दुर्घटनामा परी ओखलढुंगाको चिसंखुगढी -३ का भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो।
ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेको ओखलढुङ्गाका डिएसपी दीपक केसीले बताए ।
दुर्घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।