images

ए डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछ । लिग अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् ।