images

८ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेललाई आठ दलीय गठबन्धनको साथ छ ।