images

आईसीसी विश्वकप क्रिकेट लिग–टू : कुशलले यूएईविरुद्धको खेल गुमाउने

काठमाडौं । कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा सोमबार हुने यूएईविरुद्धको खेल गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ । क्यानका अनुसार सन्दीप जोरालाई उनको स्थानमा १४ जनाको टोलीमा राखिएको छ ।

कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । उनको शतकको सहयोगमा नेपालले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक ठूलो २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्न सफल भएको थियो ।

कुशल टिममा नरहे पछि नेपालको ओपनरमा ज्ञानेन्द्र मल्लले मौका पाउने सम्भावना रहेको छ । मल्लले हालसम्म एकदिवसीय अन्तराष्ट्रियको ईतिहासमा ७ खेलमा ओपनिङ गरि १ सय ४४ रन बनाएका छन् ।