images

८ दलको बैठक बालुवाटारमा शुरु

काठमाडौं । सत्ता साझेदार ८ दलको बैठक बसेको छ ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

आजको बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरुले बताएका छन् ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा यसअघि बिहीबार र शुक्रबार संघ र प्रदेशस्तरीय प्रशिक्षण भइसकेको छ । आजको बैठकमा त्यसको समीक्षा समेत गरिने बताइएको छ ।